शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, साढे ९ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, साढे ९ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 

काठमाण्डौ – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ । आज जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ । आज माई खोला हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पोरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

ताजा समाचार