लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढ्यो

२०८२,२,२६

लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६ सय ५३ दशमलव ९ विन्दुमा पुगेको छ । आज होटल र जीवन बीमा समूहको शेयर सामान्य घट्दा अरू समूहको शेयर बढेको छ । आज अन्य र जलविद्युत् समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज मकर जितुमाया, प्योर इनर्जी, दोल्ती पावर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै साढे ७ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ८ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply