सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने अर्थमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, २५ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै उनले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने उनले बताए ।

अर्थमन्त्री खतिवडाले सेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन पनि समितिलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले स्वपूँजीमार्फत् राष्ट्रिय पूँजीको निर्माण गर्न सरकारले सेयर बजारलाई आधुनिक बनाउन चाहेको दावी गरे । बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्ताबीच छलफल गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्तालाई सचेत गराए ।

समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने सेयर बजारलाई सरकार आफैंले निरुत्साहित बनाउने काम गरेको उल्लेख गर्दै आपत्ति जनाए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता समेत रहेका उनले वर्तमान सरकार बनेयता किन सेयर बजार ओरालो लाग्दै गएको हो ? भन्ने पहिचान गरी अघि बढ्न पनि सरकारलाई सचेत गराए ।

केही दिनयता सेयर बजार ओरालो लाग्ने क्रम बढेर गएपछि सेयर लगानीकर्ताहरुले पनि सेयर बजार सुधार गर्न सरकारसँग माग गर्दैै आन्दोलन गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);