काठमाडौंमा विद्युतीय सामग्रीको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

काठमाडौंमा विद्युतीय सामग्रीको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने

काठमाडौं, २५ मंसिर । काठमाडौंमा विद्युतीय सामग्रीहरुको पनि अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी पुस ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष तेजनारायण खरेलले ‘निक इलेक्ट्रो टेक–२०१८’ नाम दिइएको सो प्रदर्शनी विद्युत र विद्युतीय सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको जानकारी दिए । ४ दिनसम्म चल्ने प्रदर्शनीमा विदेशीसहित ७७ वटा स्टल रहनेछन् ।

प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रीब्यूसन सामग्री, इलेक्ट्रोनिक उपकरण, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र लगायतका सामग्रीहरु राखिनेछ । प्रदर्शनीमा १ लाखभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।