सेयर लगानीकर्ताद्वारा नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सेयर लगानीकर्ताद्वारा नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ

काठमाडौं, १० मंसिर । अनलाईन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन् ।

सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कार्तिक २० गतेबाट सुरु गरिएको अनलाईन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन् ।

आफ्नो सम्पत्तिको सुरक्षा नहुने अवस्था आएपछि अनलाईन प्रणली सुधारको माग गर्दै सम्बन्धित कार्यालय घेराउ गर्न बाध्य हुनु परेको सेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए ।

सेयर लगानीकर्ताहरुले के कारणले सो अनलाईन प्रणालीमा सुधार आउन नसकेको हो ? त्यसको स्पष्ट जवाफ दिन पनि स्टक एक्सचेञ्जका पदाधिकारीसँग माग गरेका छन् । उनीहरुले सो अनलाईन प्रणालीमा सुधार नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् । सरकारले गत कार्तिक २० गतेबाट सुरु गरेको अनलाईन प्रणालीले काम नगरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन ।

भेन्टर कम्पनीमार्फत् सो अनलाईन प्रणाली भित्र्याइएको हो । सेयर लगानीकर्ताहरुले स्टक एक्सचेञ्जले कमिशन खाएर भित्र्याएकाले त्यसमा सुधार नआएको आरोप समेत लगाएका छन् । सेयर बजारका लगानीकर्ताहरु आवद्ध नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानकर्ता संघ, नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघले अनलाईन प्रणाली सुधारको माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका हुन ।

यता, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सफ्टवेयरमा समस्या देखिएको सो प्रणालीको संचालन सुस्त भएपनि अव समस्या नआउने प्रतिवद्धता व्यक्त गरे । उनले सेयर बजारको अन्य सूचनामा भने कुनै कमी नभएको दावी समेत गरेका छन् । लगानीकर्ताहरुले भने साउदको सो भनाईमा सत्यता नरहेकोे दावी गर्दै विरोधमा चर्काे नाराबाजी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);