एडीबीद्वारा १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एडीबीद्वारा १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता

काठमाडौ, १० मंसिर । एशीयाली विकास बैंक (एडीबी)ले नेपालको दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सोमबार अर्थ मन्त्रालयका एक कार्यक्रमकाबीच नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाईन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

१ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाईन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिए ।

एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । त्यस अवसरमा अर्थ सचिव खनालले नेपालको गरिवी निवारणमा एडीबीले पु-याएको योगदानको खुलेर प्रसंसा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);