संयुक्त राष्ट्रसंघ र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, १६ भदौ । संयुक्त राष्ट्रसंघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनामा समझदारी भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ५ वर्षे विकास सहायता संरचनासम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको समावेशी आर्थिक वृद्धि, फराकिलो सामाजिक विकास, वातावरणीय र पर्यावरणीय क्षेत्रको विकास गरी विपद व्यवस्थापन र सुशासनको क्षेत्रमा संयुक्त राष्ट्र संघले पाँच वर्षसम्म मिलेर काम गर्नेगरी समझदारी भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. वाग्लेले जानकारी दिए । नेपालमा हाल करिव २५ वटा संयुक्त राष्ट्र संघीय कार्यक्रमहरु संचालनमा रहेका छन । कार्यक्रमका लागि संयुक्त राष्ट्र संघले ६ सय ३५ मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने सहमति पनि गरिएको छ ।

पाँच वर्षे विकास सहायता संरचना सम्बन्धि समझदारीेले नेपालको विकासको दिशा निर्दिष्ट हुने लक्ष्य पनि लिइएको छ । संयुक्त राष्ट्र संघले नेपालको समग्र विकासका लागि समुदायमा आधारित विभिन्न खालका कार्यक्रम संचालन गर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);