नेपाल र चीनबीच गैर सरकारी संस्थालाई संयुक्त परिचालन गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

नेपाल र चीनबीच गैर सरकारी संस्थालाई संयुक्त परिचालन गर्ने सहमति

nepal china

काठमाडौं, १४ साउन । नेपाल र चीनबीच गैर सरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति भएको छ ।

समाज कल्याण परिषद र चीनको चाईना एनजीओ नेटवर्क फर ईन्टरनेशनल एक्सजेन्ज (सिएनआई) बीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

चीनले नेपाली जनताको समृद्धिको चाहनालाई साथ दिन गरिरहेको सहयोगको प्रशंशा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरिन ।

दुइ देशवीच गरिएको समझदारी पत्रमा समाज कल्याण परिषदको संस्थागत विकासका लागि पनि आवश्यक सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);