जिल्ला प्रशासन कार्यालयमै चोरी ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जिल्ला प्रशासन कार्यालयमै चोरी !

cdo office ma chori

सुरेन्द्रकुमार कामति
सिरहा, १४ साउन । जिल्ला प्रशासन कार्यालय सिरहामा चोरी भएको छ । नागरिकलाई सुरक्षा प्रदान गर्ने प्रशासन कार्यालय भित्रै भएको चोरी घटनाले सुरक्षा संवेदनशीलतामाथी प्रश्न उठेको छ ।

सुन्दा पनि अच्चम लाग्ने । तर सत्य घटना । जिल्लाको सुरक्षाको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्याल सिरहामा चारी भएको छ । राहदानी फाँटको ताल्चा फुटाएर अज्ञात समूहले चोरी गरेको हो ।

कार्यालयमा २४ सै घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरी हुन्छन् । प्रशासन कार्यालयसँगै जिल्ला कारागार पनि छ । बाक्लो संख्यामा सुरक्षाकर्मी खटिने गर्छन् । तर, प्रशासन कार्यालयमा भएको चोरी घटनाले सुरक्षा संवेदनशीलतामाथी प्रश्न उठेको छ । राहदानी फाँट भएकोले राजश्व रकम हुने अनुमान गरेर चोरी गरेको अनुमान गरिएको छ ।

डियुटीमा रहेका प्रहरीले राति पानी परेको र राहदानी फाँट भएको कोठा रुखहरुले छेकिएकाले नदेखिएको बताएका छन् । चोरले पैसा नभेटेपछि राहदानी, कागजपत्र तितरबितर बनाएका छन् ।

नागरिकलाई सुरक्षा प्रदान गर्ने प्रशासन कार्यालय भित्रै भएको चोरी घटनाले सुरक्षा संवेदनशीलतामाथी प्रश्न उठेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);