महानगरले कर बढाएपछि राजपा नेपाल आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

महानगरले कर बढाएपछि राजपा नेपाल आन्दोलित

rajapa nepal

अनुप तिवारी
पर्सा, १४ साउन । पर्साको वीरगन्ज महानगरपालिकाले कर बढाएपछि विवाद चुलिएको छ । महानगरले अत्याधिक कर बढाएको भन्दै आफ्नै गठबन्धन विरुद्ध राजपा नेपाल आन्दोलित भएको छ ।

वीरगन्ज महानगरपालिकाले कर बढाएको विरोधमा राजपा नेपाल आन्दोलित भएको हो । पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । वीरगन्ज महानगरको प्रमुखमा संघिय समाजवादी फोरमबाट विजय सरावगील विजयी भएका थिए ।

राजपा र फोरमको गठबन्धन बनाएर निर्वाचमा होमिएका दुई दलको प्रदेश सरकार बनेको छ । तर गठबन्धनकै विरुद्ध राजपा आन्दोलित भएको हो । राजपाले चार दिन भित्र कर वृद्धि फिर्ता नभए आन्दोल गर्ने चेतावनी दिएको छ ।

कर बढाएको विषयालाई लिएर महानगरको चौतर्फि आलोचना भइरहेको छ । वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीक संघ संगठनहरु प्नि आन्दोलित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);