प्राकृतिक विपत्तिबाट चार महिनामा साढे ४ सयको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्राकृतिक विपत्तिबाट चार महिनामा साढे ४ सयको मृत्यु

baglum pahiro

काठमाडौं, १४ साउन । चार महिनामा विपद्का घटनाबाट मुलुकभर साढे चार सय मानिसको मृत्यु भएको छ । २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म पानीमा डुबेर, लेक लागेर, आगलागीमा परेर, बाढी, पहिरो तथा चट्याङका कारण ४ सय ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरी आचार्यका अनुसार यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षातबाट सात, लेक लागेर १२, चट्याङबाट ४० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ सय ९ पुरुष र १४६ महिला रहेका छन् । यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनुका साथै दुई हजार २ सय ३० जना घाइते भएका छन् । साथै, तीन हजार ७ सय ७५ घर प्रभावित तथा २ सय १ गोठमा क्षति पुगेको छ ।

यो वर्ष विपद्बाट मात्रा मुलुकमा एक अर्ब ९४ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ । गतवर्ष विपदमा परी देशभर ५ सय ९७ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);