काठमाडौमा तिहारका लागि यस्तो छ विशेष सुुरक्षा रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काठमाडौमा तिहारका लागि यस्तो छ विशेष सुुरक्षा रणनीति

happytihar

तेजना पण्डित, काठमाडौं, १९ कात्तिक । तिहारमा हुुन सक्ने संभावित अपराधिक गतिविधीलाई नियन्त्रण गर्न काठमाडौमा विशेष सुुरक्षा रणनीति अपनाइएको छ ।

सुरक्षाको लागि काठमाडौंमा ३ हजार जनपथ प्रहरी परिचालन गरिएको छ । तिहारमा राती १० बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन जारी गरेको छ ।

नेपालीहरुको दोश्रो ठुुलो पर्वको रुपमा तिहारलाई मान्ने गरिन्छ । यो पर्व सोमवारदेखि सुुरु भएको छ । ठूला चाडबाड सुुरु भएसगै चोरी,लुटपाट जस्ता अपराधिक गतीबिधि नहोस भन्नेतर्फ बढी सजकता अपानाइएको छ । अपराधिक गतिबीधि हुुन नदिन महानगरीय प्रहरी परीसरले काठमाडौंले ३ हजार प्रहरी परीचालन गरेको छ।

बिभिन्न ठाउमा संयुुक्त रुपमा चेकजाचको समेत व्यवस्था मिलाइएको छ । जीउ ज्यानको जोखिम हुुने भन्दै सरकारले तिहारमा पटाका पड्काउन समेत निषेध गरेको छ । पटका नियन्त्रण गर्न उपत्यका भित्रिने नाकामा बिशेस चेकजाचको समेत व्यवस्था गरेको छ भने भारीमात्रामा पटका नियन्त्रण गरिएको महानगरीय प्रहरी परिसरले बताएको छ ।

तिहारमा रमाईलोका लागि देउसी भैलो खेल्ने प्रचलन छ । देउसी भैलोका नाममा पनि झैझगडा र चोरी डकैंती हुनसक्ने भन्दै त्यसको नियन्त्रणको लागि सरकारले देउसी भैलोको पनि समय तोकेको छ । सरकारले राती १० बजेपछि देउसी भैलो नलेख्न भनेको छ । यदी राती देउसी भैलो खेलेमा कारबाही हुनेछ । तिहार भरी प्रहरीले रात्री गस्ती बढाउने निर्णय गरेको छ ।

तिहार लक्षित सुरक्षा व्यवस्थाप्रति सर्वसाधारण पनि खुशी देखिएका छन । प्रहरीले बिशेस सुुरक्षा दिएको भन्दै उनीहरुले सुुरक्षित महशुुस भएको बताएका छन । तर बर्ष दिनमा एक पटक आउने तिहारमा देउसि भैलो खेल्ने समय सीमा तोकिएकोमा भने सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन।

तिहारमा जुवातास लगाएतका आर्थिक कारोबार हुने खेललाई पनि निषेध गरिएको छ । यस्ता खेल नखेल्न र खेलिएको भेटिएमा कार्वाही गरिने प्रहरीले बताएको छ । आफ्नो टोलमा अबान्छित क्रियाकलाप भएको पाइएमा नजिकैको प्रहरि कार्यालय वा १०० नंम्बरमा फोन गरी प्रहरीलाइ जानकारी दिन प्रहरीले सर्वसाधरणलाई अनुुरोध गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);