काठमाडौंका विभिन्न आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंका विभिन्न आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा

१६ भदौ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले आजदेखि संयुक्त रुपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्।

 

काठमाडौं उपत्यका भित्र विभिन्न आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । सुपथ पसलमा विशेषगरी दैनिक उपभोग्य सामान किन्न पाइन्छ । जस्तै: नून, चिनी, चामल, तेल, पिठो, गेडागुडी, दाल, दुग्धजन्य पदार्थ सहजरुपमा प्राप्त गर्न सक्ने छन् । सरकारले हरेक वर्ष यस्ता पसल सञ्चालनमा ल्याउने गर्छ ।

कहाँ-कहाँ खुले सुपथ मूल्य पसल
१. कालिमाटी

२. टेकु

३. सतुंगल

४. कोटेश्वर

५. जावलाखेल

६. सूर्यविनायक

७. रामशाह पथ

८. कलंकी

 

उपत्यका बाहिर
बनेपा, विराटनगरलगायत २२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);