विद्यालय पुनर्निर्माणका लागि नर्वेको आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विद्यालय पुनर्निर्माणका लागि नर्वेको आर्थिक सहयोग

काठमाडौं, १५ असोज । नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंको गरी भूकम्पले क्षति पु-याएका २४ वटा विद्यालयको पुनर्निर्माणको लागि सो सहायता उपलब्ध गराइएको सो समझदारी पत्रमा उल्लेख गरिएको छ ।

परियोजना अन्तरगत सिन्धुलीमा ९, रामेछापमा १३ तथा भक्तपुर र काठमाडौंमा १–१ वटा विद्यालय पुनर्निर्माण हुनेछन । अपांग मैत्री यी विद्यालयमा शौचालय र खानेपानीको पनि उचित व्यवस्था हुने र यसबाट करिव ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ ।

समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे, नर्वेजियम राजदुत लास्से जोर्न जोहानेसे र युनपिएसका राष्ट्रिय निर्देशक चाल्स क्यालानानले हस्ताक्षर गर्नु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नर्वे सरकारले नेपालको विद्यालय पुनर्निर्माणमा सो सहयोग गरेकोमा आभार व्यक्त गर्नु भयो । उहाँले सो परियोजना तोकिएकै समय भित्र सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

दुई वर्ष भित्र सो परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । समझदारी पत्रमा गुणस्तरीय विद्यालय पुर्ननिर्माण गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);