वीरगञ्जमा सस्तो बजार संचालनमा, उपभोक्ताको चाप | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

वीरगञ्जमा सस्तो बजार संचालनमा, उपभोक्ताको चाप

bastu

राजेन्द्र सिंह

वीरगञ्ज, १५ असोज । दशैंको अवसरमा वीरगञ्जमा सस्तो बजार संचालनमा ल्याइएको छ । हरेक वर्षझै यस वर्ष पनि वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा सस्तो बजार पसल संचालनमा आएको हो । असोज १८ गतेसम्मका लागि संचालनमा आएको सस्तो बजारमा उपभोक्ताहरुलाई थोरै भएपनि सहज हुने विश्वास गरिएको छ ।

हिन्दुहरुको महान पर्व दशैँको उपलक्ष्यमा उपभोक्ताहरुलाई सहज बनाउन बर्षेनी राखिने सुपथ मूल्य पसल वीरगञ्जमा पनि राखिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको सहयोगमा सस्तो बजार सञ्चालन गरिएको हो । सस्तो बजारमा पाइने चामल, दाल, चाना, केराउ, सतुवा, तेल, अगरबती खाना पकाउने ग्याँस लगायत सामग्रीहरु बिक्रीका लागि राखिएको छ । उद्योग वाणिज्य संघको भवनमा लागाईएको सस्तो बजारमा १२ वटा स्टलमा विभिन्न सामग्रीहरु राखिएको छन् । बजार भन्दा २० प्रतिशत सस्तो सामाग्री बिक्रीका लागि राखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अधिकृत हेमशंकरलाल कर्णले जानकारी दिनुभयो ।

सस्तो बजारमा उपलब्ध भएका सामानहरु बाहिर बजार मुल्य भन्दा कम रहेकोले किनमेल गर्न आएको उपभोक्ताहरुको भनाई छ । सस्तो बजारमा एक स्टलमा व्यापारमा रहेका अफताब आलमले व्यापार राम्रो भईरहेको प्रतिक्रिया दिनुभयो । बजार भन्दा सस्तो रहेकोले उपभोक्ता चाप रहेको उहाँको भनाई छ ।

यसैगरीे महिलाहरुद्धारा उत्पादन गरिएका सामाग्रीहरु बिक्रीका लागि लिएर आउनु भएका सपना अग्रवालले सस्तो बजारले महिला उद्यमीहरुलाई बजार दिएको हौसला बढाएको बताउनु भयो । दशैँको बेला सबै सामानको मुल्य आकासिएको बेला संचालनमा आएको सस्तो बजारमा उपभोक्ताहरुलाई थोरै भएपनि राहत मिलेकोे छ । यस्ता प्रकारको बजारले सबैलाई सहज बनाएको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);