नेपाल स्टक एक्सचेञ्जको अनलाईन कारोबार प्रणाली सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेपाल स्टक एक्सचेञ्जको अनलाईन कारोबार प्रणाली सुरु

nepse online

काठमाडौं, २० कात्तिक । नेपाल स्टक एक्सचेञ्जले पूर्ण रुपमा अनलाईन कारोबार प्रणाली सुरु गरेको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा एक कार्यक्रमका बीच शेयर कारोबार पूर्ण रुपमा अनलाईनबाट गर्ने प्रणालीको शुभारम्भ गरेका हुन् । नेप्सेले केही महिनाको प्रयासपछि यो प्रणालीलाई पूर्ण रुपमा प्रयोगमा ल्याएको हो उनँले शेयर बजारलाई सहज बनाएर आर्थिक गतिविधिलाई अघि बढाउन सरकारले प्रविधिको विकासका सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाईन कारोबार प्रणालीले शेयर बजारलाई सन्तुलित ढंगले अघि बढाउन सहज बनाउने विश्वास व्यक्त गरे । अव सेयर लगानीकर्ताहरुले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन । अनलाईन कारोबार प्रणाली सुरु भएसँगै शेयर बजारले गति लिने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);