अनलाइन शेयर प्रणालीलाई सहज बनाउन माग गर्दै शेयर लगानीकर्ताहरु आमरण अनशनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अनलाइन शेयर प्रणालीलाई सहज बनाउन माग गर्दै शेयर लगानीकर्ताहरु आमरण अनशनमा

share pranali

काठमाडौं, २३ मंसिर । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डाक्टर युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन ।

राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आईतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने सेयर कारोवारीहरुको छ ।

समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन । यस अघि सेयर लगानीकर्ताहरुले अनलाईन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी रहेको छ । समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पुर्याउनुपर्ने लगायतका १० बँुदे माग राख्दै अनसन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);