विभिन्न माग राख्दै शेयर लगानीकताद्वारा नेप्सेको कार्यालय घेराउ, १३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विभिन्न माग राख्दै शेयर लगानीकताद्वारा नेप्सेको कार्यालय घेराउ, १३ जना पक्राउ

lagankarta pakrau

काठमाडौं, १२ चैत । राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से )कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर लगानीकर्ता दबाब समुहले मंगलबार भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो । घेराउ गर्ने क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन भएको थियो ।

शान्तिपुर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेप विरुद्ध नाराबाजी गरेका थिए । अहिले १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);