गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए ।

सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि राखेको जनाएको छ । 

यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म नेप्समा १२० दशमलव १६ अंकको उछाल आएको छ । अहिलेसम्म पाँच अर्ब ४५ करोड ४३ लाख १६ हजार चार सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । एउटाबाहेक सबै समूहका सूचांक हरिया देखिएका छन् ।

विकास बैंक र हाइड्रोपावर समूहको सूचांक ७ अंकभन्दा माथिले उकालो लागेको छ । फाइनान्स ६ अंकभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);