शेयर कारोवार ठप्प बनाउने लगानीकर्ताको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

शेयर कारोवार ठप्प बनाउने लगानीकर्ताको चेतावनी

काठमाडौं, १ पुस । सेयर बजारको सुधार र विस्तारको माग राख्दै अनसन बसेका शेयर लगानीकर्ताहरुले कारोवार नै ठप्प बनाउने चेतावनी दिएका छन् ।

केही दिन अघि देखी नेपाल स्टक एक्सचेन्ज नेप्सेको कार्यालय अगाडि रिले अनशनमा बसेका सेयर लगानीकर्ताले सेयर कारोबार ठप्प बनाउने गरी आन्दोलन गर्ने बताएका हुन् । सेयर लगानीकर्ता दवाव समुहले आन्दोलनलाई परिवर्तन गर्दै सेयर कारोबारलाई ठप्प बनाउने निर्णय गरेका हुन् ।

समूहले विज्ञप्ति जारी गर्दै स्वतफूर्त रुपमा सेयर कारोबार ठप्प बनाउन र त्यो नभएमा जे पनि हुन सक्ने चेतावनी दिएका छन । सेयर बजारको विषयमा अध्ययन गर्न सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा टोली गठन गरेको थियो ।

पुस १ गते सम्मको म्याद तोकेर गठन गरिएको समितिले बीमा क्षेत्रको समस्या पहिचान गर्न छुटेको भन्दै बुधबारसम्मको लागि म्याद थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

आईतबार प्रतिवेदन अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई बुझाउने अन्तिम दिन भए पनि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नै बीमा क्षेत्रका समस्या पहिचान गरी समाधानका सुझाव पनि समेट्न निर्देशन दिएपछि प्रतिवेदन बुझाउन ढिलाइ भएको समितिले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);