मंगलबार सेयर कारोबार ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मंगलबार सेयर कारोबार ठप्प

nepal stock exchange

काठमाडौं,२३ जेठ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएका लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प पारेका छन ।

मंगलबार कार्यालय खुलेदेखि नै नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड कार्यालय घेराउ गरी सेयरको आधार मूल्यमै लाभकर लिने सरकारको निर्णयको विरोधमा लगानीकर्ताहरुले सेयर कारोबार ठप्प परेका हुन । ब्रोकर कम्पनीमा कारोबार हुने आशंकामा लगानीकर्ताहरुले ब्रोकर कार्यालयमै घेराउ गर्न सुरु गरेका छन् । लगानीकर्ताहरुले कार्यालय घेराउ गरेपछि मंगलबार सेयर कारोबार ठप्प भयो ।

यस अघि सेयर लगानीकर्ता संघलगायतका संघ, संस्थाहरुले विज्ञप्ती जारी गर्दै सरकारको निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);