आगामी वर्षदेखि परीक्षणको रुपमा सेयर कारोबार अनलाईनमार्फत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आगामी वर्षदेखि परीक्षणको रुपमा सेयर कारोबार अनलाईनमार्फत

काठमाडाैं, ७ फागुन । नेपाल स्टक एक्सचेन्जले आगामी वर्षदेखि परीक्षणको रुपमा सेयर कारोबार अनलाईनमार्फत गर्ने भएको छ । नेप्सेले २०७५ साल जेठभित्र परीक्षणको रुपमा सेयरको कारोबार अनलाईनमार्फत सुरु गर्न लागेको हो ।

परीक्षण अवधि करिब दुई महिनाको हुने बताइएको छ । नयाँ आर्थिक वर्षबाट सेयर कारोबार अनलाईनमार्फत गर्ने व्यवस्थालाई पूर्ण रुपमा लागू गर्ने नेप्सेको तयारी छ । अहिले सफ्टवयेर तयार गर्न वाइको आइटी कम्पनीले काम गरिरहेको नेप्सेका अधिकारीहरुले बताएका छन् ।

यसअघि नेप्सेले कात्तिक २१ देखि नै सेयर कारोबार अनलाइनबाट गर्ने तयारी गरेपनि सफ्टवेयर बनिनसकेकाले जेठको नयाँ भाका राखेको हो । अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

हाल सेमी अनलाइन ट्रेडिङ भइरहेकोमा यसलाई अझ विकसित गरी पुरै कारोबार अनलाइनमार्फत हुनेछ । अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा नगइ घर वा कार्यलयबाट आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);