आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०७९, आइतबार

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो ।आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।

Leave a Reply