राताम्ये सेयर बजार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राताम्ये सेयर बजार

काठमाडौँ । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक १५।८ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । कारोबार रकम एक अर्बमुनि खुम्चिएको छ । कुल ९९ करोड ८६ लाख रुपैयाँको कारोबार भयो । ४५ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ७ को स्थिर रह्यो । बैंकिङ ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५, जीवन बीमा १४०, उत्पादन ५१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १०२, अन्य १ र ब्यापार उपसमूहको सूचक १५ अंकले घट्यो । बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभर तथा आँधीखोला लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको मूल्य ५।४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सानिमा बैंक, उपकार लघुवित्त, सिभिल बैंक, बीओके, सेन्चुरी कमर्सियल बैंक क्रमशस् अगाडि रहे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);