लाभकरसम्बन्धी निर्णय फिर्ता भएसँगै सेयर बजारमा हरियाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लाभकरसम्बन्धी निर्णय फिर्ता भएसँगै सेयर बजारमा हरियाली

stock_exchange_nepse

काठमाडौं, २३ जेठ । सेयर लगानीकर्ताको चर्को दबाबपछि सरकारले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता लिएको छ । लगानीकर्ताहरु सेयर कारोबार नै ठप्प पारेर आन्दोलनमा होमिएपछि सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो । लाभकर सम्बन्धी नयाँ व्यवस्था लागू नभएपछि आज बजारमा हरियाली छाएको छ ।

अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । लगानीकर्ताहरुको छाता संगठन नेपाल इन्भेस्टर्स फोरम, लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयका राजस्व सचिव र वित्तीय व्यवस्थापन महाशाखा प्रमुखसँग भएको वार्तामा राजस्व विभागबाट काटिएको पत्र स्थगन गर्ने सहमति भएको जनाइएको छ ।

नयाँ व्यवस्था लागू गर्न नसकेको मन्त्रालयले तत्कालका लागि हकप्रद र बोनसमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्ने तयारी गरेको छ । पुरानै विधिबाट लाभकर गणना भएमा यसअघि आइतबार र सोमबार भएको कारोबारको राफसाफमा पनि लगानीकर्तालाई मर्का पर्नेछैन ।

आन्तरिक राजस्व विभागले जेठ १८ गते हकप्रद र बोनस सेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई नै आधार बनाएर पुँजीगत लाभकर उठाउन निर्देशन दिएपछि सेयर लगानीकर्ता आन्दोलित बनेका थिए । व्यक्तिगत लगानीकर्ताले हाल पुँजीगत लाभकर पाँच प्रतिशत तिर्दै आएका छन् । बजेटमार्फत सरकारले त्यस्तो लाभकर ५० प्रतिशतले बढाएर ७ दशमलव ५ प्रतिशत पुर्‍याएको छ ।

त्यसैलाई आधार मानी विभागले नयाँ नियम लागू गरेको थियो । तर, लगानीकर्ताको चर्को दबाबका कारण एकहप्तालगत्तै उक्त निर्णयबाट पछि हट्नुपरेको हो ।

बोनस र हकप्रद सेयरमा लाग्ने लाभकर फिर्ता भएलगत्तै खुलेको बुधबारको सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै नेप्से परिसूचक २१ अंकले उकालो लागेको थियो । कारोबारमा आएका सबै सूचक पनि हरियाली भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);