शेयरबजार परिसूचक नेप्से २६ अंकले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शेयरबजार परिसूचक नेप्से २६ अंकले वृद्धि

stock-nepse-market

काठमाडौं, २ माघ । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से २६ अंकले बढेर १ हजार ३ सय १०दशमलव २३ अंकमा पुगेको छ । नेप्से ८ महिनापछि १३ सय माथि विन्दुमा पुगेको हो ।

गत वर्षको मे महिनामा १३ सय बिन्दुमा रहेको नेप्से परिसूचक घट्ने क्रममा रहेको थियो भने बिहिबार कारोबार सुरु भएको केही समय मै परिसूचक १३सय बिन्दुमा पुगेको थियो । १ सय ८१ कम्पनीको ५० लाख २५ हजार ५ सय ६३ कित्ताशेयर १७ हजार २ सय ९५ पटकको कारोबारबाट १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १ सय ७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ९० अंकले बढेर २ सय ८२ दशमलब आठ सात अंकमा पुगेर बन्द भएको छ । बिहिबार अन्य समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ । अन्य समूहको परिसूचक भने १दशमलव ७ अंकले ओरालो लागेको हो ।

हिमालय डिष्टीलरीको सबैभन्दा बढी १४ करोड ३८ लाख बढीको कारोबार भएको छ । शेयर कारोबारमा भने शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेकोछ ।

बिहिबार एआइबिएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा बढी १० दशमलब शून्य ६ प्रतिशतले कमाउदा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी २ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);