शेयर बजार ४०.८२ अंकले घट्याे तर कारोबार रकम बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शेयर बजार ४०.८२ अंकले घट्याे तर कारोबार रकम बढ्याे

काठमाडौं, १८ फागुन । साताको पहिलो कारोबार आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घट्दा अहिलेसम्मकै उच्च कारोबार भएको छ ।

नेप्से ४० दशमलव ८२ अंकले घटेर परिसूचक १ हजार ५सय ९१दशमलव ३६ अंकमा पुगेको छ । १ सय ८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ताशेयर ३९ हजार २ सय ८९ पटकको कारोबारबाट ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यो हालसम्म नेप्सेमा भएको उच्च कारोबार हो । यसअघि फागुन १५ गते बिहिबार धेरै कारोबार भएको थियो । बिहिबार नेप्से ३६दशमलव ०५ अंकले बढ्दा १ सय ८० कम्पनीको ४ अर्ब ४६ करोड बढीको कारोबार भएको थियो ।

आइतबार क वर्गका सेन्सेटिभ इन्डेक्स ७ दशमलव ०४ अंकले घटेर परिसूचक ३ सय ४०दशमलव ६४ अंकमा पुगेको छ । आइतबार वित्त समूहबाहेक कारोबार भएका सबै समूहको सूचक ओरालो लागेको छ ।

वित्त समूहको परिसूचक ४दशमलव २५ अंकले बढेको छ ।एनएमबि बैंकको सबैभन्दा बढी २६ करोड ७३ लाखको कारोबार भएको छ । शेयर कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ ।

मितेरी विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९० प्रतिशतले कमाउँदा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९९ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);