सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत

काठमाडौं, १८ फागुन । सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘नेपाल बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटि’ सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलाय र सावती नामक संस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यापारको सन्दर्भमा उठेका कुराहरुलाई ध्यानमा राखेर कसरी निर्यात गर्ने भन्ने विषयमा मन्त्रालय केन्द्रीत भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘ट्रेडको सन्दर्भमा हामी जतिपनि कुराहरु छन् अहिले आएका कुराहरु समेत राखेर हामी हाम्रा वस्तुहरु त्यहाँ एक्सपोर्ट हुने हिसाबमा कसरी जान सक्छ भन्ने कुरामै बढी कन्सन्ट्रेट हुन्छौं ।’

उहाँले बंगलादेशसँग व्यपारको सम्भावना उच्च रहेको र बंगलादेशबाट लगानी समेत आउन सक्ने भएकाले सरकारले दुईदेश बीचको कनेक्टिभिटिमा ध्यान दिएको बताउनुभयो ।

त्यसका लागि सरकारले प्रोडक्ट रुट र मार्केटिङको विषयमा ध्यान दिएको छ । अहिलेको रुट भन्दा जलमार्गलाई समेत कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्भाव्यताको अध्ययन भइरहेको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिलेको कन्भेन्सनल रुटका अलवा वाटरवेजलाई पनि कसरी युज गर्न सकिन्छ सकिदैन अव त्यो सम्भावना पनि देखिन्छ । अहिले जुन हामीले इण्डियन वाटरवेज युज गर्ने भनेका छौं सँगसँगै त्यसलाई कनेक्ट चाहिं बंगलादेशी वाटरवेजसँगपनि गर्न सकन्छि की भन्ने पनि देखिएको छ ।’

विद्युत व्यापारका लागि पिटिए गर्ने सम्बन्धमा अन्तिम नभएपनि यसको ड्राफ्ट भइसकेको सचिव अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो ‘पिटिएको कुराहरुमा धेरै कुरा आयो पिटिए अहिले नै फाइनल हुने स्टेजमा होइन नै यसको इनिसिएट भएको छ ड्राफ्ट तयार भएको र यसका थुपै्र कुराहरु छन् ।’

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले बंगलादेशसँग व्यपार वृद्धि गर्नका लागि डेडिकेटेड कोरिडोरको विषय उठाउनुपर्ने बताउनुभयो । उहाँले भारतलाई गण्डक योजना अन्तर्गत बिसौं किलोमिटर जमिन दिएका छौं त्यसैगरी भारतसँग नेपालले ३७ किलोमिटर जमिन लिएर बंगलादेशसँग डेडिकेटेड कोरिडोरको विकास गर्नुपर्ने र त्यसका लागि कुरा उठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपालले बंगलादेशसँग गर्ने व्यापार सहज बनाउन र नेपाली वस्तुहरुमाथि बंगलादेशले लगाएको ट्यारिफको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा नेपालले बंगालादेशसँग विद्युत व्यापारका लागि सम्झौता गर्नु सुरुवात भएको र अन्य नेपाली उत्पादनहरुको निर्यातको सम्भावनाका विषयमा समेत समेत छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);