शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो

stock_exchange_nepse-e1528283604277

काठमाडौं, १६ माघ । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १९ दशमलव ५१ अंकले बढेर परिसूचक १हजार ३ सय २५ दशमलव ३८ अंकमा पुगेको छ ।

१ सय ७८ कम्पनीको ४६ लाख २ हजार १ सय १ कित्ताशेयर १९ हजार ८ सय ७४ पटकको कारोबारबाट १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७ सय ४९ रुपैयाँमा खरिद बिक्री भएको छ । उक्त कारोबार रकम अघिल्लो दिनको भन्दा ६७ करोड बढी हो । बुधबार नेप्से ० दशमलव २७ को झिनो अंकले घट्दा १ सय ७६ कम्पनीका १ अर्ब २९ करोड ३७ लाख बढीको शेयर कारोबार भएको थियो ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३दशमलव ५७ अंकले बढेर २सय ८१दशमलव ७६ अंकमा पुगेर बन्द भएको छ । बिहिबार व्यापार समूहबाहेक कारोबार भएका अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । व्यापार समूहको परिसूचक १५दशमलव ३१ अंकले ओरालो लागेको हो ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ११ करोड ३६ लाख १९ हजार १ सय ४७ रुपैयाँको कारोबार भएको छ एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५दशमलव ३५ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);