बिहीबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बिहीबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, ९ माघ । सेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से १५.९५ अंकले घटेर परिसूचक १ हजार २ सय ९७.४७ अंकमा पुगेको हो । १ सय ७२ कम्पनीका ३७ लाख ५४ हजार ५ सय २१ कित्ताशेयर १५ हजार ३ सय १६ पटकको कारोबारबाट १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४ सय १२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबार रकम अघिल्लो दिन बुधबारको तुलनामा २० करोडले कमि आएको छ । बुधबार १ अर्ब ५८ करोड बढीको कारोबार भएको थियो । बिहिबार जीवन बीमा र अन्य समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी १८ करोड ४० लाख बढीको कारोबार भएको छ । शेयर कारोबारका आधारमा भने ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो ।

सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ४७ प्रतिशतले कमाएका छन भने सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ६दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);