निर्मला हत्या काण्ड : एसपी विष्टसहित तीन जनाको डिएनए परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मला हत्या काण्ड : एसपी विष्टसहित तीन जनाको डिएनए परीक्षण सुरु

काठमाडौं, २८ भदौ । प्रहरीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएनए परीक्षण सुरु गरेको छ ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा उनीहरुको संलग्नता भएको हुनसक्ने शंकाको आधारमा विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत  संकलनको काम सकिएको छ ।

तीनैजनाको डीएनए परीक्षण प्रहरीको विधिविज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्नेछ । उनीहरुको डीएनए परीक्षण रिपोर्ट आउन २ हप्ताको समय लाग्ने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);