तिहारका लागि रोपिएका सयपत्री फूल दशैंमा नै फुल्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

तिहारका लागि रोपिएका सयपत्री फूल दशैंमा नै फुल्न थाले


काठमाडौं, ८ कार्तिक । काठमाडौं आसपासका क्षेत्रमा यतिवेला किसानले लगाएको सयपत्री फूल फुलिसकेपछि तिहारका लागि भन्दै फूल खेतिगर्दै आएका किसानहरु चिन्तामा देखिएका छन् ।

फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका हुन् । दशैंको समयमा फूल प्रयोग र विक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खेति गर्दै आएका छन् ।

यस क्षेत्रका किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दशैंमा पूmलको प्रयोग कम हुने र तिहार सम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानी समते घट्ने भएको छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरो पनि किसानहरुलाई परेको छ ।

इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा विक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले विक्री गरेका किसानले यो वर्ष ५ रुपैयाँले बेच्छु भन्दापनि ग्राहक पाउन नसकेको गुनासो गरे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना ठूला मन्दिरहरुमा चाडपर्व बाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फुल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ । तर यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर दर्शनार्थिका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);