मुकेश चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मुकेश चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज, ८ कार्तिक । पर्साको विन्दवासिनीमा बिहीबार झडपमा घाइते हुनुभएका मुकेश चौरसियाको मृत्युको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

नेकपाकै दुई समूहबीच भएको झडपमा गम्भीर घाइते हुनुभएका चौरसियाको शुक्रबार पानीट्यांकीस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । मृत्युको विरोधमा नेकपाको एक समूह र उहाँका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पूर्वमन्त्री तथा नेकपा नेता मातृका यादव पनि सहभागी हुनुभएको छ । प्रदर्शनकारीले चौरसियाको मृत्युको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनीहरु केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको उनीहरुको आरोप छ ।

नेकपा पर्सा जिल्ला कमिटीले पनि चौरसियाको मृत्यु भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । नेकपा पर्सा जिल्ला ईञ्चार्ज रामचन्द्र साह, अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतोद्वारा हस्ताक्षरित बिज्ञप्तिमा चौरसियालाई शहीद घोषणा गर्न, झडपमा परी घाइते भएकाहरुको निशुल्क उपचार र क्षतिपूर्ति दिन माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);