पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकजनाको मृत्यु

पर्सा, ७ कार्तिक । पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्सा प्रहरीले जनाएको छ ।

झडपमा चौधरीलगायत ८ जना घाइते भएका थिए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मुकेश चौरसियाको शुक्रबार विहान निधन भएको प्रहरीले बताएको छ । बाँकी तीनजना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।

Leave a Reply