साँखुका किसानहरु हिउँदे आलुको गोडमेलमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साँखुका किसानहरु हिउँदे आलुको गोडमेलमा व्यस्त

काठमाडौं, ७ कार्तिक । हिउँदे आलुको लागि प्रख्यात काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुका किसानहरु अहिले गोडमेलमा व्यस्त छन् । काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका किसान हिउँदे आलुको गोडमेलमा व्यस्त रहेका हुन् ।

बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम भएकोले किसानहरु विना संक्रमणको डर खेतमा काम गरिरहेका छन् । काठमाडौंको साँखु क्षेत्रको आलुको बजार हिस्सा ठूलो नभएपनि वषौंदेखि व्यवसायिक खेती नै हुदै आएको छ ।

उपभोक्ताले धेरै रुचाउने र बजारको समस्या नभएको कारण किसानहरुले आलु खेती गर्दै आएको बताएका छन् । बढ्दो शहरीकरणको असर साँखु क्षेत्रमा पनि परेको छ । खेती योग्य जमिन प्लटिङ्ग गरी घडेरीमा परिणत हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

सरकारले ल्याएको भू–उपयोग नीतिले यस्ता खेतीयोग्य जमिनको खण्डीकरण रोक्न सके साँखु क्षेत्रको मौलिक कृषि प्रणाली जोखिने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);