कोरोना जोखिमका कारण किसानले प्रयाप्त खसीबोका ल्याउन सकेन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोरोना जोखिमका कारण किसानले प्रयाप्त खसीबोका ल्याउन सकेन्न

काठमाडौं, ७ कार्तिक । यसपाली दशैका अवसरमा बाहिरका किसानले काठमाडौं उपत्यकामा निकै कम खसीबोका ल्याएका छन् । कोरोना जोखिमका कारण यसपटक किसानहरुले प्रयाप्त संख्यामा खसीबोका विक्रीका लागि काठमाडौं ल्याउन सकेका छैनन् ।

काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोक लगायतका जिल्लाबाट किसानहरुले सिधै खसीबोका ल्याएर विक्री गर्ने गरेका छन् ।

काठमाडौंका मुख्य चोकहरुमा उपत्यका बाहिरका किसानहरुले खसीबोका विक्रीका लागि राखेको देखिन्छ । तर यसपटक विगत वर्ष जस्तो व्यापार नभएको किसानहरुले बताएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण प्रयाप्तसंख्यामा खसीबोका ल्याउन समेत नसकेको उनीहरुको भनाइ छ । यसपटक संक्रमण जोखिमका कारण ग्राहकको भिड पनि त्यती छैन ।

धेरैवर्ष देखि काठमाडौंमा दशैंको समयमा खसीबोका विक्री गर्दै आएका किसानहरुले गाउँमा समेत खसीबोकाको मूल्य बढेको र पर्याप्त मात्रामा नपाइएका कारण ग्राहकले गतवर्ष भन्दा भढी मूल्य तिर्नुपर्ने बताए । किसानहरुले काठमाडौंमा षष्ठिको दिन खसीबोका ल्याउने र नवमिको दिनसम्म विक्री गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);