दशैंमा हाँसको व्यापारमा पनि असर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दशैंमा हाँसको व्यापारमा पनि असर


काठमाडौं, ८ कार्तिक । कोरोना संक्रमणका कारण यसपटकको दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हुन् ।

विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुको भनाइ छ । विरगंजदेखि हाँस विक्रीका लागि काठमाडौ आउनुभएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताउनुभयो ।

गत वर्ष १ सय ५० भन्दा बढी हाँस विक्री गर्नुभएका साहले यसपटक २०-२५ वटा सम्म पनि विक्री गर्न नसकेको बताउनुभयो ।

यस वर्ष हाँसको मूल्यपनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य ८ सय देखि एक हजार रुपैयाँ सम्म रहेको थियो । तर यसवर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँ भन्दा माथि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);