प्रधानमन्त्रीको दशैं शुभकामनामा पुरानै नक्साको प्रयोग, नेपाली कांग्रेसले जनायो आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्रीको दशैं शुभकामनामा पुरानै नक्साको प्रयोग, नेपाली कांग्रेसले जनायो आपत्ति


काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी ओलीले दिनुभएकोे दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि कांग्रेसले आपत्ती जनाएको हो ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरा नसमेटिएको नक्शा प्रयोग गर्नुको कारण सोध्नु भएको हो ।

देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित भएपछि जग्गा कसरी फिर्ता होला भन्दै शर्माले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ ।

शर्माको ट्वीटमा लिम्पियाधुरारहित नेपालको नक्शा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);