दशैंबजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

दशैंबजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि घट्यो

काठमाडौं, ९ कार्तिक । यसपाली दशैंबजारमा कुभिण्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ ।

कोरोेना संक्रमणको जोखिमका कारण मठमन्दिरहरु बन्द भएपछि कुभिण्डोको माग कम भएको हो । नवरात्रीमा मन्दिर गई कुभिण्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ । तर मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दशैंमा कुभिण्डोको माग घटेको छ ।

कुभिण्डो खासगरी नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले बलि दिनका लागि प्रयोग गर्ने चलन छ । तर यस वर्ष मठमन्दिर लगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको हो ।

माग घटेपछि मूल्यपनि घटेको छ । गत वर्ष एउटा कुभिण्डो झण्डै ४ सय रुपैयाँमा विक्री भएको तर यस वर्ष १ सय देखि १ सय ५० रुपैयाँमा पनि विक्री हुन नसकेको व्यापारीहरुको भनाइ छ ।अघिल्लो वर्ष दुई तीन सयको संख्यामा कुभिन्डो विक्री भएको तर अहिले १०÷१५ वटा पनि विक्री नभएको गुनासो व्यवसायीहरुको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);