बाराका युवाद्वारा सामुहिक हाँस पालन व्यवसाय सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाराका युवाद्वारा सामुहिक हाँस पालन व्यवसाय सुरु

hash palan

श्याम गुप्ता
बारा, ३ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका बकुलियाका युवाले सामुहिक रुपमा व्यवसायीक हाँस पालन सुरु गरेका छन् । उनीहरुले विदेशको मोह छोडेर स्वदेशमै हाँस पालन गरेका हुन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका बकुलियाका १३ जना युवाले युवा युनाईटेड बहुउद्देश्य कृषि फर्मको गठन गरी हाँस फर्म सञ्चालन गरेका हुन् । दुई वर्ष अगाडी समूहको रुपमा सञ्चालनमा आएको यो समूहले आयआर्जका साथै गाँउका युवाहरुलाई स्वरोजगार बनाउँने उद्देश्य लिएका छन् ।

युवा समूहले चार लाखको लगानीमा एक हजार चल्लाबाट शुरु गरेको यो फर्मले दुई महिना पछि उत्पादन दिन सुरु गरेको छ । दुई देखि अढाई महिनामा मासुका लागि तयार हुने भएकाले राम्रो आम्दानी गर्न सफल भएका छन् ।

थोकमा प्रतिकिलो ३ सयका दरले बिक्री हुने हाँस खुद्रामा पाँच सय भन्दा बढिका दरले बिक्री हँुने गरेको छ । हाँसका साथै अण्डा उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याईएको यस फर्ममा थप तीन हजार हाँसको चल्ला थप्ने युवाको तयारी तैयारी छ । विदेशको मोह त्यागेर उनीहरु स्वदेशमै कृषि कर्ममा लागेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);