तरकारी खेती र व्यवसायबाट लाखौंको आम्दानी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

तरकारी खेती र व्यवसायबाट लाखौंको आम्दानी

डोटी, ३१ चैत । डोटीको बडिकेदार गाउँपालिका–४ का शेरबहादुर धामी र जोरायल गाउँपालिका श्याम बहादुर कठायतको अधिकांस समय तरकारी खेतीमै बित्ने गरेको छ ।

बारीमा आलु, टमाटर, प्याज लगायत तरकारी रोपेर उनीहरुले घरको जोहो मात्रै गरेका छैनन् थोरै भएपनि बचत गर्न थालेका छन् ।

यति मात्रै होइन कामको खोजीमा भौतारिदै विदेश जाने युवाहरुका लागि धामी पेरणाकाे श्रोत नै बनेका छन् । विदेशमा गएर १२ घण्टा काम गर्नुभन्दा आफ्नै गाउँठाउँमा मेहनत गरे राम्रो आम्दानी हुने र देश विकासमा पनि टेवा पुग्ने शेरबहादुर धामीको भनाई छ ।

त्यस्तै मदरल्यान्ड कृषि तथा पशु–पन्छी फर्म सञ्चालन गरेका अर्का युवा कृषक श्याम बहादुर कठायतको दैनिकी पनि कृषिले फेरिएको छ ।

भारतको सहकारी संस्थाको जागिर छोडेर फर्किनुभएका धामी अचेल कुखुरा र हाँस पालनमा ब्यस्त छन् । ६ सय हाँस र एक हजार लोकल कुखुराका चल्ला पालन गरेका श्याम भने सरकारले वास्तविक किसान भन्दा पनि भनसुनका आधारमा अनुदान दिने गरेको गुनासो गरेका छन्।

सरकारले कृषिमा युवा पुस्तालाई स्थान दिने हो भने कामकै खोजी गर्दै भौतारिनु नपर्ने शेरबहादुर र श्याम जस्तै अधिकांश युवा कृषहरुको भनाई छ ।

कृषि र स्थानीय उत्पादनलाई प्राथमिकता राख्दै युवाहरुलाई अनुदान र प्रोत्साहन गर्ने हो भने, आर्थिक अवस्थाका साथै स्वदेशमा नै रोजगारका अवसरहरुको सिर्जना गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);