विज्ञापन क्षेत्रको विकृति र विसङ्गतिहरुको अन्त्य गर्छु : अध्यक्ष हुमागाँई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विज्ञापन क्षेत्रको विकृति र विसङ्गतिहरुको अन्त्य गर्छु : अध्यक्ष हुमागाँई

काठमाडौं, ३१ चैत । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताएका छन् ।

मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने बताएका हुन् ।

बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भईरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको अध्यक्ष हुमागाँईले बताए । सरोकारवालाहरु सँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने उनको भनाई छ । बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियनहरु सञ्चालन गर्ने पनि उनले बताए ।

अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने जिकिर गरे । केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);