दसैंका लागि ६६ करोडका खसीबोका/च्यांग्रा भित्रिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दसैंका लागि ६६ करोडका खसीबोका/च्यांग्रा भित्रिने

animal

काठमाडौं, १९  भाद्र । दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका/च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ ।

 

उक्त रकमबाट २५ सय खसीबोका/च्यांग्रा (१५ सय खसीबोका र एक हजार च्यांग्रा) खरिद गरिनेछ । व्यवसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन् । मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए । उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ ।

 

जसअनुसार करिब ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् ।

 

‘सरकारले कम परिमाणमा भित्र्याए पनि मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो,’ संस्थानका प्रवक्ता सापकोटाले भने । उनका अनुसार खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्राचार गरिसकिएको छ । केही साताअघि तराई क्षेत्रमा भएको बाढी र स्थानीय तहको निर्वाचनका कारण भने समस्या हुने उनीहरूको बुझाइ छ ।

 

चुनाव र बाढीका कारण यस वर्ष मकवानपुर र तुलसीपुरबाट मात्रै खरिद गर्ने योजना बनाएको सापकोटाले बताए । ‘चुनावका कारण दुई क्षेत्रबाट मात्रै खसीबोका खरिद गर्न सक्ने अवस्था छ,’ उनले भने । यस्तै मुस्ताङबाट कम्तीमा एक हजार च्यांग्रा खरिद गर्ने संस्थानको तयारी छ । गत वर्ष भने १ हजार ५ सय च्यांग्रा खरिद गरिएको थियो ।

कान्तिपुरमा समाचार छापिएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);