जंगली जनावरको आतंकले कृषक हैरान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जंगली जनावरको आतंकले कृषक हैरान

बिमल जैरु
डडेल्धुरा , ११ चैत ।
डडेल्धुरामा जंगली जनावरको आतंकले कृषक चिन्तित भएका छन् ।

खेतबारीमा लगाएको तरकारी तथा अन्नबाली जंगली जनावरले खान थालेपछि कृषक हैरान हुन थालेका हुन् । खेतमा लगाएको अन्नबाली दिउँसोमा बाँदर र रातमा बदेलले खान थालेपछि कृषकको निद हराम भएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–२, र ३ डोटी घटाल क्षेत्रका किसानहरू निकै चिन्तित बनेकाछन् । बर्षभरी खाने खेती जेनतेन सुख दुखमा लगाएपनि हुर्किनाँसाथ जगंली जनावर ले खान थालेपछि किसानहरु दुखी बनेका हुन् ।

स्थानीय कृषक
भर्खर खेतमा लगाएको आलु पनि बदेलले रातीको समयमा उखेलेर फाल्न थालेपछि किसानहरूले खेतमा मुख्याचाबनाएर जंगली जनावरलाई डराइ रहेका छन् ।

जंगली जनावरहरू खेतभरी हुलका हुल आएर बालीनाली नष्ट पार्न थालेपछि किसानहरु चिन्तित भएको हुन् । गहुँ, जौ, आलुलगाएतका तरकारी तथा अन्नबाली जंगली जनावरले सखाप पारेपछि भोकमरी हुन्छ की भन्ने चिन्तामा कृषक छन्।

बिबेक भण्डारी, स्थानीय कृषक
हरेक स्थानीय तहमा स्थानीय सरकार रहेका छन । जनताको सुख दुखमा साथ दिने जनताको नजिकको सरकारले जंगली जनावर नियन्त्रणमा सहयोग गर्नुपर्ने किसानहरूको माग छ । तर, वडा कार्यालय भने जंगली जनावरबाट अन्नबाली जोगाउन सकस भइरहेको जनाएको छ ।

वडाअध्यक्ष मनोरथ खडायत, अमरगढी नगरपालिका–२ डडेल्धुरा
अमरगढी नगरपालीकाको वडा नम्बर २ र ३ लाई प्रधानमन्त्री आधिकुकरण परियोजनाले आलु सुपरजोन क्षेत्र घोषणा गरिसकेको छ ।

स्थानीय सरकारले पनि आर्थिक समृद्धि ल्याउन कृषि क्रान्ती आवश्यक रहेको भन्दै अनुदानमा आलुको बिउ वितरण गरेकोले जंगली जनावरको आतंकबाट अन्नबाली जोगाउन स्थानीय सरकारले किसानहरूलाई साथ दिन जरूरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);