जंगली जनावरको आतंकले कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भक्तपुर, ४ भदौ । जंगली जनावरले बाली नष्ट गरिदिएपछि भक्तपुरस्थित सिपाडोलको डिगाउँका कृषक चिन्तित भएका छन् ।

 

 

सूर्यविनायक नगरपालिका वडा नम्बर ८, डिगाउँका कृषकले लगाएको मकैबाली बँदेल, मृग र दुम्सीले नष्ट गरिदिएको हो । बँदेलले ४० कृषकले लगाएको मकै बाली नष्ट गरेको उनीहरुले बताएका छन् ।

 

 

बारी नजिक जंगल भएकाले बँदेलले ठूलो क्षति पु¥याइरहेको कृषक बताउँछन् । मकै बाली जोगाउन कृषकहरु रातभर जाग्रामसमेत बस्ने गरेका छन् । जनावर लखेट्न उनीहरुले थाल तथा ढ्ंयाग्रो ठोक्ने गरेका छन् ।

 

 

विगत वर्षदेखि नै बँदेललगायतका जनावरले बाली नष्ट गरिदिने गरेको भन्दै कृषकहरुले सम्बन्धित निकायसँग बाली संरक्षण गरिदिन आग्रह गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);