धनकुटाको ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय जंगली जनावरको आतक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धनकुटाको ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय जंगली जनावरको आतक

भीम मल्ल, २६ चैत्र धनकुटा ।
धनकुटाको ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय जंगली जनावरको आतकं बढेको छ । जंगलवाट हुलै बाधेर आउने जनावरले कृषिजन्य उत्पादन नष्ट गर्न थालेपछि ग्रामिण क्षेत्रका कृषक समस्यामा परेका छन् । धनकुटा नगरपालिका वडा नम्वर १४ माहाङ्गका कृषक यतिबेला जंगली जनावरको आतकंका कारण चिन्तीत बनेका छन् । दिउसो बादर र बेलुका बदेल हुलका हुल आएर कृषिजन्य बाली नष्ट गर्न थालेपछि उनिहरु चिन्तीत

धनकुटाको ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय जंगली जनावरको आतक

 

 

भीम मल्ल, २६ चैत्र धनकुटा । धनकुटाको ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय जंगली जनावरको आतकं बढेको छ । जंगलवाट हुलै बाधेर आउने जनावरले कृषिजन्य उत्पादन नष्ट गर्न थालेपछि ग्रामिण क्षेत्रका कृषक समस्यामा परेका छन् । धनकुटा नगरपालिका वडा नम्वर १४ माहाङ्गका कृषक यतिबेला जंगली जनावरको आतकंका कारण चिन्तीत बनेका छन् । दिउसो बादर र बेलुका बदेल हुलका हुल आएर कृषिजन्य बाली नष्ट गर्न थालेपछि उनिहरु चिन्तीत बनेका हुन् । ४५ घर परीवार रहेको सो गाँउमा सातबर्ष अघिदेखिनै जंगली जनावर आउनथालेको भए पनितीन बर्षयता भनेअत्यधिक रुपमा बाली नष्ट गर्नथालेको छ ।

 

सुरुमा मकै र दालजन्य बालिमा मात्र बढि समस्या पुर्याउने गरेकोमा हाल आएर टमाटर र खुर्सानी लगायत सम्पुर्ण बालिमा क्षति पुर्याउन थालेको किसानहरुको भनाइ छ । जंगली जनावर नियन्त्रणका लागि कसैले चासो नदिएको तथा बसाईसराईले जंगल बढ्दासमस्या थपिएको हो । जंगली जनावरकै कारण माहाङ्गमा मात्रै १ सय रोपनि भन्दा बढि जग्गा बाँझिएको स्थानीय वताउछन् । जंगली जनावर आतकंका कारण आफुहरु वसाईनै सर्नुपर्ने अबस्था आएको स्थानियको गुनासो छ । खास गरी बदेल, बादर, खरायो, मृग, दुम्सी लगायतका जनावरले टमाटर, दालहन, आलु, काउली लगायतका बालिमा क्षती पुर्याएको देखिन्छ ।

 

जंगली जनावरको समस्या रहेको क्षेत्रको तथ्याङ्क जिल्लामा नरहे पनि माहाङ्ग सहित धनकुटा नगरपालिकाका अन्य क्षेत्र, तेलिया, कुरुले, मौनबुधुक, मुढेवास, आहाले, महाभारत, खोकु, छिन्ताङ्ग गाबिसका बिभिन्न स्थानमा समेत समस्या रहेको देखिन्छ । बर्षेनी जंगली जनावरको आतंकका कारण समस्यामा परेका कृषकहरु भने यस्तो समस्या रोक्न वा क्षतिपुर्तिको ब्यबस्था गरी जनतालाई सुरक्षित महसुस गराउन सरकारसंग माग गरेका छन् । कृषि उत्पादनबाट जीवन निर्बाह गदै आएका सो क्षेत्रका वासिन्दालाई जंगली जनावर आतंककै कारण यो पेशा यतिबेला निल्नुन ओकल्ने बनेको छ । जसका कारण ग्रामीण क्षेत्रमा भर्खरै फस्टाउदै गरेका कृिष पेसावाट कृषक हात धुने अबस्थामा पुगेका छन् । त्यसैले यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);