कपिलवस्तु जिल्लामा यसबर्ष गहु उत्पादनमा भारी बृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कपिलवस्तु जिल्लामा यसबर्ष गहु उत्पादनमा भारी बृद्धि

शम्भू माली, २६

चैत्र कपिलवस्तु ।
अन्नको भण्डारका रुपमा परिचित कपिलवस्तु जिल्लामा यसबर्ष गहँुको उत्पादनमा भारी बृद्धि हुने संकेत देखिएको छ । यसवर्षगहुँवाली लगाउने क्षेत्रफलमा बृद्धि हुनुका साथै मौसमले समेत साथ दिएपछि गहँुको उत्पादनमा बृद्धि

कपिलवस्तु जिल्लामा यसबर्ष गहु उत्पादनमा भारी बृद्धि

 

 

शम्भू माली, २६ चैत्र कपिलवस्तु । अन्नको भण्डारका रुपमा परिचित कपिलवस्तु जिल्लामा यसबर्ष गहँुको उत्पादनमा भारी बृद्धि हुने संकेत देखिएको छ । यसवर्षगहुँवाली लगाउने क्षेत्रफलमा बृद्धि हुनुका साथै मौसमले समेत साथ दिएपछि गहँुको उत्पादनमा बृद्धि हने भएको हो । पश्चिमाञ्चलमै गहुँ उत्पादनमा दोस्रो जिल्लामा पर्ने कपिलवस्तुमा यसपाली गहु उत्पादनमा झनै वृद्धि हुने भएको छ । क्षेत्रफल बिस्तार, अनुकूल मौसम, किराको प्रकोप नलाग्नु र मलखादको पर्याप्त आपुर्तिले गर्दा यसबर्ष जिल्लामा १५ देखि २० प्रतिशतको हाराहारीमा उत्पादनमा बृद्धि हुने कृषि कार्यालयको अनुमान छ ।

 

गहु उत्पादन बढने भएपछि जिल्लाका कृषक उत्साहित भएका छन । यस महिना हावा हुरी र लु नचल्दा समेत उत्पादन बृद्धिको सम्भावना बढेकोे छ । यस बर्ष जिल्लामा ३० हजार १ सय २१ हेक्टरमा गहुँ खेती गरिएकोमा ९६ हजार ८ सय ८३ मेट्रिक टन गहुँको उत्पादन हुने अनुमान गरिएको छ । अघिल्ला दुई बर्षमा जिल्लामा २७ हजार ९ सय २७ हेक्टर जग्गाको क्षेत्रफलमा गहुँ लगाईएकोमा ८४ हजार ४ सय ५१ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

 

यस बर्ष क्षेत्रफलमा बढनु र मौसमले समेत साथ दिएकोले गहुको उत्पादनमा बृद्धि आउने जिल्ला कृषि कार्यालय कपिलवस्तु बाली विकास अधिकृत अरबिन्दमणी त्रिपाठीले जानकारी दिनुभयो । कार्यालयले कृषकका लागी यस बर्ष बिजय, भृकुटी, एनएल, गौतम र ९७१ जातको गहुँ सिफारिस गरेको भए पनि कृषकले बिल एल १ हजार २२, युपी २ सय ६२, आदित्य, एनएल २ सय ५१ लगायतका जातका गहुँ लगाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);