डडेल्धुरामा गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डडेल्धुरामा गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि

डडेल्धुरा, २७ जेठ । डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरामा यस वर्ष समय मै पर्याप्त वर्षा र पटकपटक भएको हिमपातका कारण गहुँ उत्पादनमा बृद्धि भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा १ हजार मेट्रीक टनले बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताउनु भयो । खाद्यान्नको दोश्रो प्रमुख बालीका रुपमा रहेको गहुँको उत्पादनमा वृद्धि भएपछि डडेल्धुराका किसान खुशी भएका छन् । डडेल्धुरामा आठ हजार सात सय ४० हेक्टर क्षेत्रफलमा गँहु खेती हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);