डडेल्धुरामा सुन्तला उत्पादनमा कमी आयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डडेल्धुरामा सुन्तला उत्पादनमा कमी आयो

orange_fruit_pattern

विमल जैरु,
डडेल्धुरा, ५ माघ । सुन्तला कम फलेपछि डडेल्धुराको अमरगढी नगरपालिका, भेटाका कृषक चिन्तित बनेका छन् । सुन्तलाका बिरुवामा फूल लाग्ने बेलामा असिना परेका कारण र रोगहरूको प्रकोपले सुन्तला उत्पादनमा कमी आएको हो ।

सिट्रस ग्रेनिङ रोगका कारण बोट सुक्दै जानु, भएका बोटमा सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाने गरेका कारण सुन्तला उत्पादनमा कमी आउन थालेको छ । पहिले एक बोट सुन्तलाबाट १० देखि १२ हजारसम्म आम्दानी गर्ने कृषकले यो वर्ष निकै कम आम्दाी भएको बताएका छन् ।

कृषि विकास कार्यालयका अनुसार यो वर्ष डडेल्धुरामा गत वर्षको भन्दा करिब ३० प्रतिशत कम सुन्तला उत्पादन भएको छ । गत वर्ष पनि विभिन्न कारणले सुन्तला उत्पादनमा १५ प्रतिशत कमी आएको थियो ।डडेल्धुराका बढी सुन्तला फल्ने अमरगढी नगरपालिका, बगरकोट, गाङ्खेत, रुपाल, भागेश्वरलगायतका क्षेत्रमै सुन्तला उत्पादनमा ह्रास आएको छ ।

स्थानीय स्तरमा सुन्तला उत्पादनमा कमी आएपछि डडेल्धुराका बजारमा भारतीय सुन्तला आयात बढेको छ । डडेल्धुरामा चार सय ८१ हेक्टरमा सुन्तला खेती गरिन्छ ।तर, रोग तथा कीराको प्रकोप नियन्त्रणका लागि सरकारले प्राविधिक सहयोग नगरे कृषकहरू सुन्तला खेतीबाट पलायन नहोलान् भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);