राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा पठायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा पठायो

rastra bank

काठमाडौं, ५ माघ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता समस्या केही जटिल बनेको विश्लेषणसहित शुक्रबार नेपाल राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा पठाएको छ ।

अधिकांश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाएको हो । तर, राष्ट्र बैंकबाट प्राप्त रकम ऋणका रुपमा लगानी गर्न नपाउने भएपछि बैंकहरुले त्यसमा चासो देखाएनन् । पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकांश बैंकको सीसीडी रेसियो कसिलो बनेको छ ।

बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तरबैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंकको भनाइ छ । रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन थालेको छ ।

राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);